फो ग्वाङ कपमा नेपालको उत्कृष्ठ प्रदर्शन

मङ्लबार, फाल्गुन २९, २०७४



 एवाकस तथा मेन्टल अर्थमेटिक्स् टुर्नामेण्टमा उत्कृष्ठ प्रदर्शन गर्दै हाई डिस्टिङसन् प्राप्त गर्न सफल

काठमाडौँ । सेन्मो एजुकेशन सेन्टर, बुद्धज् लाइट एशोसिएन, सिङ्गापुरको आयोजनामासिङ्गापुर स्थित पुङ्गोल पेल्समा सम्पन्न सेन्मो अन्तर्राष्ट्रिय एवाकस तथा मेन्टल अर्थ मेटिक्स् टुर्नामेण्टमा नेपालको प्रतिनिधित्व गर्दै सेन्मो नेपालको तर्फबाट प्रतियोगितामा भाग लिएका प्रज्वल डंगोल र रिवाजमान कर्माचार्यले हाई डिक्स्टिन्सन एर्वाड प्राप्त गर्न सफल भएका छन् ।

प्रशिक्षक तथा कार्यकारी संचालक प्रमिला प्रजापती र प्रिन्सिपल सरन तुलाधरको सहयोगमा चाँदवाग स्कूलको कक्षा ४ मा अध्ययनरत् विद्यार्थी रिवाजमान कर्माचार्यर मैत्री स्कूलको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी प्रज्वल डंगोलले प्रतियोगितामा नेपालको तर्फबाट पहिलो पटक भाग लिएका हुन् ।

नेपाललगायत, अमेरिका, हङकङ, चाइना, मलेसिया, सिङ्गापुरका २४५ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगितामा हाई डिस्टिङसन, डिस्टिङसन् र क्रेडिट गरि विद्यार्थीहरुको तह निर्धारण गर्ने गरिन्छ । नेपालको तर्फबाट भाग लिएका दुवै विद्यार्थीहरुले सेन्मो अन्तर्राष्ट्रिय एवाकस तथा मेन्टल अर्थमेटिक्स् टुर्नामेण्टमा उत्कृष्ठ प्रदर्शन गर्दै हाई डिस्टिङसन् प्राप्त गर्न सफल भए ।

मानसिक रुपमा दिमागलाई तिक्ष्ण बनाउने साथै कार्यप्रति एकाग्रता गर्न सिकाउन एवाकस तथा मेन्टल अर्थमेटिक्स्को प्रयोगले सहयोग गर्दछ । विद्यार्थीहरुमा यसको प्रयोगले मानसिक रुपमा आफ्नो दिमागलाई तिक्ष्ण बनाउने साथै कार्यप्रति एकाग्रता गर्न यसको हाल विश्वव्यापी प्रयोग बद्न थालेको छ ।

528 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank