“”

राष्ट्रपति भण्डारीद्वारा शपथग्रहण

बुधबार, फाल्गुन ३०, २०७४



काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । शीतल निवास महाराजगञ्जमा राष्ट्रपति भण्डारीले अपरान्ह ४ बजेर ५० मिनेटमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । भण्डारीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् ।

मंगलबार भएको मतदानमा राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । प्रतिद्वन्द्वी नेपाली कांग्रसकी कुमारीलक्ष्मी राईलाई तेब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन् । भण्डारीले ३९ हजार २ सय ७५ र निकटतम प्रतिद्वन्दी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गर्नुभएको थियो । राईभन्दा भण्डारीको मतभार २७ हजार ५ सय ४५ ले बढी छ ।

राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। उनको कार्यकाल पाँच वर्षको हुनेछ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank