राष्ट्रपति भण्डारी चार दिने भ्रमणका लागि कतार जाने

शनिबार, कार्तिक १०, २०७५



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार जाने भएकी छिन् । कतारका राष्ट्रपति अमिर शेख तमिम बीन हमाद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास वैरागी समेत रहेका छन् ।   राष्ट्रपति भण्डारीले मंगलबार  अमिर अलथानीसँग भेटवार्ता ,कतारस्थित नेपाली राजदूताबासको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।  भ्रमणका क्रममा भण्डारीले नेपालमा लगानीको अवसरका विषयमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने भएकी छिन्। दोस्रो पटक राष्ट्रपति भएपछि उनले पहिलो विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank