राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री न्यूयोर्क जाँदै

शनिबार, अशोज ४, २०७६



काठमाडौं । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् ।

ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी ९ असोजमा नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।

अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेलगायतका कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा गरिवी न्यूनिकरण, गुणस्तरीय शिक्षा, जलवायू परिवर्तनका मुद्धामा छलफल हुनेछ ।

मन्त्री ज्ञवाली १४ असोजमा स्वदेश फर्किने छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata