प्राङ्गारिक मल उत्पादनको लागि दुई करोड विनियोजन

शुक्रबार, पुस १३, २०७५

- पदमराज भट्ट



कैलाली । रासायनिक मल अभाव भएपछि प्राङ्गारिक खेतिमा जोड दिन सुदुर पश्चिम प्रदेश सरकारले अभियान थालेको छ । चालु आर्थिक बर्षमा मात्रै प्राङगारीक मल उत्पादनको लागी प्रदेश कृषि मन्त्रालयले दुई करोड बजेट विनियोजन गरेको गरेको छ ।

सुदुर पश्चिम प्रदेशमा पछिल्लो समय रासायनिक मलको अभाव भएपछि कृषक तथा सहकारीहरुले आन्दोलन समेत गर्दै आएका छन् । कतिपय किसानहरुले त रासायनिक मल नपाएर हिउँदै खेति नै लगाएका छैनन् भने मलका लागी रातदिन सम्बन्धीत निकायमा धाईरहेका छन् ।

सुदुर पश्चिम प्रदेशमा कृषि सामाग्री कम्पनि लिमिटेड र साल्ट ट्रेडिङले रासायनि मल आपुर्ति गर्दै आएका छन् । हिउँदे तथा बर्षे सबै खेतिहरुमा रासायनिक मलको प्रयोग बढे संगै मलको सधै अभाव हुने गरेको कृषि सामाग्री कम्पनि लिमिटेड धनगढीले जनाएको छ ।

कृषकहरुले खेतबारीमा आवश्यकता भन्दा बढी रासायनिक मल प्रयोग गर्ने र कम्पनि बाट थोरै मात्रामा मल आपुर्ति हुने गरेको लिमिटेडको भनाई छ । कृषकहरुको उक्त समस्याहरुलाई मध्यनजर गर्दै कृषि मन्त्रालयले प्राङगारीक उत्पादनका कार्यक्रहरुलाई प्रमुख प्रथमिकतामा राखेको कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री विनिता चौधरीले बताईन् । किसानहरुलाई रासायनिक मलको प्रभाव बारे जनचेतना फैलाउन तथा प्राङगारीक उत्पादनमा जोड् दिन जनचेतनामुलक कार्यक्रमहरु प्रदेशका विभिन्न जिल्लाहरुमा सञ्चालन गरी रहेको मन्त्री चौधरीले जानकारी दिईन् ।

तराई क्षेत्रको प्रमुख समस्याको रुपमा रहेका सामुदायक चौपाया हरु लाई व्यवस्थापन गर्न कैलालीको भजनि, टिकापुर, धनगढी लगाएत कञ्चनपुरको विभिन्न ठाउँमा प्राङगारीक मल उत्पादन केन्द्रको थालनि गरेको मन्त्री चौधरीले बताईन् । जहाँ बाट किसानहरुले खेतबारीमा प्रयोग गर्न प्राङगारीक मल उपलब्ध हुने उनको भनाई छ ।
हिउँदे खेतिका लागी मात्रै किसानहरुलाई ५० प्रतिशत अनुदानमा ९ सय मेट्रीक टन प्राङगारीक मल वितरण गरेको मन्त्रायलका कृषि महा साखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

प्राङ्गारीक मल उत्पादन कार्यक्रम अर्तगत प्रदेशका ४ ठाउँमा गड्यौला मल उत्पादन स्रोत केन्द्र स्थापना गरीएको गरीएको जोशीले बताए । चालु आर्थिक बर्षमा प्रदेश कृषि मन्त्रालयले १ करोड ५३ लाख अनुदानका लागी मात्रै विनियोजन गरेको र झण्डै २ करोड बराबरका कृषि कार्यक्रम ल्याएको महासाखा प्रमुख जोशीले बताए । यसरी कृषकहरुले प्राङगारीक मल लाई पाखा लगाई जोडतोडका साथ रासायनिक मलको प्रयोग गर्नु मानव स्वास्थ्य तथा वातावरणी दुष्टिकोणले उचित नभएको कृषि विज्ञहरुको बुझाई छ ।

173 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank