बुद्ध एयरको काउण्टर तोड्ने सांसद पक्राउ

मङ्लबार, अशोज २८, २०७६



काठमाडौं । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गर्ने प्रतिनिधि सभाका सांसद प्रमोद साह पक्राउ परेका छन ।  राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित बनेका सांसद साहलाई महानगरिय प्रहरीको टोलीले मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

जहाज उडान ढिला भएको भन्दै साहले बुद्ध एयरको काउण्टर र भिआइपी क्षेत्र समेत तोडफोड गरेका थिए । तोतफोड गर्ने सांसद साहलाई बुद्ध एयरले कार्वाहीको माग गर्दै कार्बाही नभए सेवा बन्द गर्ने चेतावनी समेत दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata