परमाणु सन्धीबाट हट्ने राष्ट्रपति ट्रम्पको योजना: रुसले दियो वार्निङ

सोमवार, कार्तिक ५, २०७५



मस्को । अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले मस्कोसँग केहि कठिन प्रश्नको सामना गर्नु पर्नेछ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक परमाणु हतियार सन्धीबाट बाहिर निश्कने प्रतिक्रिया दिएसँगै रुसी उपविदेश मन्त्री सर्गेई रेयाबकोब अमेरिकी कदमलाई खतरनाक कदम बताए ।

ट्रम्पका फैसलालाई पूर्व सोभियत राष्ट्रपति मिखाइल गोभाचोबले कडा आलोचना गरे । सन् १९८७ मा आफु र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीच भएको सन्धीको हस्ताक्षर वर्तमान अमेरिकी प्रशासनले थाहा नपाए जस्तो गर्नुले शितयुद्धको समय भएको सन्धीको उल्लघंन हुदैछ ।

मध्यम दुरी परमाणु शक्ति (आइ एन एफ) सन्धीको अबधी दुई बर्ष पछि समाप्त हुनेछ । जस अन्तरगत अमेरिका र रुसबीच ३ सय देखी ३ हजार ४ सय मिल दुरीमा मार गर्नै जमीनबाट छोडिने क्रुज मिसाइलको निर्माण प्रतिबन्धीत गरिएको थियो ।

राष्ट्रपति ट्रम्पको योजनालाई वार्निङ दिंदै रुसले कडा प्रतिक्रिया जनाएको छ । अमेरिका र रुसले विगतमा आरोप इन्कारहरुको व्यापार गर्दै आइरहेको छ । साथै सन् १९८७ को सन्धीको उलंघन समेत गरिरहेकाे छ ।

हेर्नुहाेस भिडियाे 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata