संघीय संसदको अधिवेसन वैसाख २३ गतेका लागि आव्हान

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौं । मन्त्रीपरिषदको शुक्रबार बसेकाे बैठकले संघीय संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले वैशाख २३ गते दिउसो ४ बजे अधिवेशन आहृवान गर्न सिफारिस गरेको हो ।  संघीय संसदको राष्ट्रपतिले अधिवेशन आहृवान गर्ने कानूनी व्यवस्था रहेकाे छ ।

यस्तै बैठकले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने र आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

189 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank