प्रतिनिधिसभाकोे विशेष समयमा क–कसले के भने ?

शुक्रबार, जेष्ठ ४, २०७५



काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीलाई बधाई र शुभकामना दिनुका साथै सांसदहरूले आ–आफ्नो विषयगत र क्षेत्रगत विषय सदनमा उठाए ।

खगराज अधिकारी सांसद (नेकपा)

नवगठित नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको बैठकका विशेष समयको सुरुमा बोल्दै मदन भण्डारी र जीवराज आश्रितलाई स्मरण गर्दै उनीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

सांसद अधिकारीले मदन भण्डारी र जीवराज आश्रितले देखेको सपना  पूरा भएको बताएका छन् । उनले पार्टी एकता ऐतिहासिक र परिघटना पूरा हुने उद्धेश्यले अघि बढेको भन्दै पार्टी एकिकरणलाई स्वागत गरे ।
देवेन्द्रराज कंडेल(कांग्रेस)

शुक्रबार बसेको प्रतिनिधिसभाको बिशेष समयमा सांसद देवेन्द्रराज कंडेलले नव गठित नेपाल कम्युनिष्ट पार्टीलाई शुभकामना दिएका छन् । साथै उनले मूलुकभर बलत्कारका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद कंडेलले निर्माण निर्माण क्षेत्रमा ब्यापक लापरवाही भएकाले आवस्यक कानून बनाएर कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यसोद्धा गुरुङ सुवेदी (नेकपा)

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद यसोद्धा गुरुङ सुवेदीले मनाङ जिल्लामा अहिलेसम्म मोटरबाटो नपुगेको भन्दै सरकारको तथा संसदको त्यसतर्फ ध्यानाकर्षण गरेक छिन् । साथै मनाङमा शिक्षाको विकास हुन नसकेको उल्लेख गर्दे उक्त जिल्लामा कम्तिमा पनि तीनवटा आवासीय विद्यालय निर्माण गर्न सरकारसँग माग गरेकी छन् ।

प्रमोद साह (राजपा)

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राख्दै तराईका विभिन्न जिल्लामा थुप्रै नेपालीहरुले नागरिकका छोराछोरीहरुले नागरिकता नपाएको भन्दै सदन तथा सरकारको ध्यानाकर्षण गराए । साथै उनले सर्लाहीको बाढीपीडितहरुलाई बजेट निकासा भईसक्दा पनि उनीहरुले क्षतीपूर्ती नपाउको भन्दै तत्काल क्षतिपूर्तीको माग गरेका छन् ।

संञ्जय कुमार गौतम ( नेपाली कांग्रेस)

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले विशेष समयमा बोल्दै केहि दिन अगाडि नख्खु जेलमा भक्तबहादुर सुनारको निधन भएको घटना शंकास्पद रहेको बताए ।

उनको शरिर भरी निल डामहरु छन् शव टिचिङ हस्पीटलमा राखिएको छ । परिवारले शव बुझ्न मानिरहेका छैनन् । त्यसैले उक्त घटनाको निश्पक्ष छानविनको माग गरे । त्यस्तै विशेष समयमा सांसद छबिलाल विश्कर्मा, उमा रेग्मी, प्रदिप यादव, दुर्गा पौडेल, लगायतका सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।  प्रतिनिधिसभाको अर्काे बैठक जेठ ७ गते ५ बेर ३० मिनेटमा बस्ने गरि आब्हान गरिएको छ ।

51 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank