“”

सवारी साधन अनाधिकृत स्थानमा पार्किङ गर्दा यस्तो हालत…

शुक्रबार, बैशाख २९, २०७४



काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत स्थानमा पार्किङ गरिएका २० भन्दा बढी मोटरसाइकल र स्कुटर चालक दिनहुँ कारबाहीमा पर्ने गरेका छन् ।

महिनामा लगभग ६ सय दुई पांग्रेमाथि कारबाही हुने गरेको हो । काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट रामशाहपथका सई राजेन्द्र देवकोटाका अनुसार आव २०७३/७४ को ९ महिना बित्दासम्म ५ हजार ६ सय ८ वटा मोटरसाइकल पक्राउ परेका छन् ।

कारबाहीमा परेका मोटरसाइकलबाट ५५ लाख ६३ हजार राजस्व उठाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

497 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank