सरकार संघीयता कार्यन्वयनमा उदासिन देखियो : नेता सिंह

शनिबार, कार्तिक १७, २०७५



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघीयता कार्यान्वयनमा उदासिन भएको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेता सिहले अहिले सम्म संघियता कार्यन्वयनको लागि आवस्यक ऐन कानुन निर्माणमा सरकारको भुमिका नदेखाएको बताए । नेता सिंहले वर्तमान सरकार जन चासो र जनहितका काम गर्न भन्दा पनि सस्तो लोकप्रियताका काममा हात हाल्ने र बिवादिद काम मा अल्झिरहेको बताएका छन् ।

विकासर समृद्धिको काम त ध्यान दिएनन दिएनन् जनजीवन अस्थब्यसत हुेने गरि कालोबजारि र महंगी बढ्दा समेत प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको कामकाज प्रति टिप्पणी गरे । सरकार भुमिका शुन्य रहेको अवस्थाबाट मुलुक चल्नु ले राजनीतिक अस्थिरता तर्फ जाने अवस्था तर्फ सजक हुन आग्रह गरे ।

उनले कांग्रेस पार्टी भित्र आन्तरिक मन मुटावमा अल्झेकाले सरकार लाई गर्नु पर्ने खबरदारी समेत गर्न नसकेको भन्दै सरकार उदासिन बन्दा प्रमुख प्रतिपक्षी दलले खेल्नु पर्ने भुमिका प्रभावकारि नहुनु ले सरकार स्वच्छेचारी प्रबृती बढेको बताए । राजधानी को विकासको जिम्मेवारी लिएको महानगरपालिका समेत नेकपा कै भएकाले झनै समस्या बढेको महानगर झन झन बेहाल र अस्थब्यसत बन्दै गएको प्रति चिन्ता रहेको बताएका छन् ।

उनले दलहरु जिम्मेवार नबन्दा मुलुक को अर्थतन्त्र विकास र प्रगतिका सबै काम डामाडोल भएको बताउँदै सबै क्षेत्रमा निरासा बडेको प्रति सरकार र प्रमुख राजनीतिक दलहरु लाई गम्भीर बन्न आग्रह समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank