दुई तिहाइको सरकारले जनताको मर्म अनुसार काम गर्न सकेन: नेता सिंह

बिहिबार, अशोज २, २०७६



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहले दुई तिहाईको सरकारले जनताको मर्म अनुसार काम गर्न नसकेकोा जनाएका छन ।
२०४६ को जनआन्दोलनका कमाण्डर दिवंगत नेता गणेशमान सिंहको २२औँ स्मृति दिवसको अवसरमा विहिबार बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा माल्यार्पण गर्दै नेता सिंहले उक्त कुरा जनाएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता भएको चर्चा गरे ।

पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताउएका छन । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको स्मरण गर्न समेत अपिल आग्रह गरे

दुईतिहाइको सरकारले जनताको भावना र मर्म अनुसार काम गर्न नसकेको आरोप समेत लगाउदै वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको बताए । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली कांग्रेस संस्थागत रूपमा अगाडि बढ्न नसकेको समेत बताएका छन ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशी विभिन्न नेपाली कांग्रेस काठमाडौ का अतिरिक्त विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata