प्रधानमन्त्री ओलीकै कारण संघीयता संकटमा: नेता सिंह

आइतवार, जेष्ठ १२, २०७६



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीका कारण संघीयता संकटमा परेको टिप्पणी गरेका छन् ।

काठमाडौ क्षेत्र नम्बर एकमा आइतबार राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले वर्तमान सरकार नै संघीयता असफल बनाउन लागि रहेको बताए ।

प्रधानमन्त्री ओलीका अभिव्यक्ती संविधानको मर्म र भावना विरुद आउन थालेकाले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने बताउँदै जिम्मेवार बन्न आग्रह गरे । उनले भने, प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेकाले संविधान केही हैन अब म जे बोल्छु त्यहि नै सबैले मान्नु पर्छ भन्ने जस्ता अभिव्यक्ति आउनु असोभनिय हो । संविधान भन्दा  माथि कोहि हुन नसक्ने भएकाले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न  प्रधानमन्त्रीलाई सुझाव दिए।

 सरकारसँग  जनअपेक्षा धेरै भएकाले सरकारले काम भन्दा बढी  भाषण गरिरहेकाे,  काण्डै काण्डमा मुछिएकाले सरकारसँग थप आसा गर्न नसकिने बताए । सरकारले कुरा अनुसार काम नगरेको आरोप लगाउँदै प्रचारबाजिमा अल्झिएर जनतासँग उसको भावनात्मक सम्बन्ध टुटेको दिन प्रधानमन्त्रीको अहंकारको अन्त हुने बताएका छन् ।

राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काम आर्थिक अनिमियततासँग जोडेर ठेकदार कम्पनीलाई पैसा मागेको कुराले मेलम्चीकाे काम राेकिनु दुखद भएको बताए । धुलो हिलो मुक्त शहर बन्न नसकेको कुरा प्रति राजधानीबासीलाई सचेत हुन समेत आग्रह गरे ।

ठुला भ्रष्टाचारका मुद्धाहरु हरेक दिन ओझेलमा पर्दै जाने तर भ्रष्टाचार गर्दिन भन्ने कुरामा विश्वास गर्न नसकिने भन्दै सबै खाले भ्रष्टाचारका मुद्धाहरुमा पारदर्शी तवरले छानबिनको वातावरण बनाएर दोषी ठहरीएका जो कोहीलाई दण्डित गर्न समेत आनाकानी नगर्न सरकारको ध्यानाकर्षण गराए ।

फरक प्रसंगमा बोल्दै काँग्रेस पार्टी संगठन विधि सम्भवत तरिकाले चलाउन नसके वर्तमान चुनौति सामना गर्न नसकिने भन्दै सबैलाई अनुशासित भएर विधि पद्ति अनुसार चल्न आग्रह गरे । पार्टी कार्यकर्ता भन्ने तर विधि पद्धतिमा नबस्ने कुनै नेता विशेषको बनेर पार्टी भित्र असयोग गर्नेहरुलाई ठेगान नलगाउदासम्म यो पार्टी संगठन बलियो नहुने कुरा ख्याल गर्न समेत नेतृत्वलाई सजक गराए । जिम्मेवारी पाएकाहरुले पुर्ण रुपमा पार्टी गतिविधिमा लाग्नु पर्ने भन्दै पद ओगट्ने संगठनको काम झारा टारेजस्तो गरि गर्ने काम नरोकिए पार्टी संगठन मजबुत हुन नसक्ने जिकिर गरे ।

केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँडले सरकारको गतिविधि विरुदमा अब सडकदेखि सदनसम्म शसक्त रुपमा उत्रिने परिस्थिति आएकाले एक भएर लाग्न आग्रह गरे । उनले सरकारका गतिविधि प्रेस विरोधि नागरिक अधिकार कुन्ठित गर्ने खालका भएकाले आफूहरु प्रेस र नागरिक अधिकारको रक्षाका लागि खरो रुपमा प्रस्तुत हुने बताए ।

कार्यक्रममा बोल्दै काठमाडौ कांग्रेस सभापति सबुज बानियाँले पार्टीले अघिसारेका जुनसुकै गतिविधिलाई सफल बनाउन काठमाडौ कांग्रेस तयारि अवस्थामा रहेको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata