विप्लवका प्रवक्तालाई राज्यले किन घुमाएको घुमाएकै छ ?

बिहिबार, भदौ २८, २०७५

- भूपेन्द्र शाह



काठमाडाै‌। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राज्यले विभिन्न आरोपमा घुमाएको घुमाएकै छ ।

प्रकाण्डलाई चन्दा असुलीको आरोपमा साउन २३ गते प्रहरीले पक्राउ गरेको थियो । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा सर्वोच्चले प्रकाण्डलाई तत्काल रिहा गर्न आदेश दिएको थियो ।

तीन पटक लगातार पक्राउ परेका प्रकाण्डलाई प्रहरीले फौजदारी संहिताको पालना नगरी पक्राउ गरेको भन्दै सर्वोच्चले तत्काल रिहा गर्न आदेश दिएको थियो । विभिन्न अभियोग रहेका प्रकाण्डलाई प्रहरीले पक्राउ गर्दै काभ्रे र नुवाकोट, भोजपुर र दाङ पुर्याएको थियो ।

उनलार्इ  आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

गत शुक्रबार भोजपुरबाट दाङ लगिएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौँ झिकाउन पत्र काटेपछि पुनः काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ लगिएको थियो । उनको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो ।

त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडौँ झिकाउन पत्र काटेको हो । उनको अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

129 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank