जलवायु संरक्षणका लागि गरिएको प्रदशर्नमा झडप

आइतवार, अशोज ५, २०७६



एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा जलवायु संरक्षणका लागि गरिएको हिजो(शनिबार)को प्रदर्शनमा झडप भएपछि तत्कालका लागि प्रदर्शन स्थगित गरिएको छ।

फ्रान्सेली सुधारवादी प्रदर्शनकारीका अनुसार प्रदर्शनमा घुसपैठ हुँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि रोकिएका छन्।

‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि थप जोखिम निम्तिनसक्ने कुरालाई मध्यनजर राख्दै जलवायु संरक्षणका लागि आयोजना भएको आन्दोलन तत्कालका लागि रोकिएको छ,’ प्रदर्शनको सह–आयोजक ग्रीनपिस समूहले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख गरेको छ।

आन्दोलनको अर्को सह-आयोजक युथ फर क्लाइमेटले पनि प्रदर्शनकारीलाई घर फर्किन निर्देशन गरेको छ। प्रदर्शनमा सयौँको सङ्ख्यामा घुसपैठ भएको बताइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments