‘हीरामणि–झुमा दाहालको परिकल्पना’ सार्वजनिक

शनिबार, भदौ २४, २०७४

loading...


काठमाडौँ । हीरामणि दाहाल र झुमा दाहालद्वारा लिखित ‘हीरामणि–झुमा दाहालको परिकल्पना’नामक कृति सार्वजनिक गरिएको छ ।

कृतिको रुपाखेती दाहाल कूल कल्याण प्रतिष्ठानले यहाँ आज आयोजित कार्यक्रममा साहित्यकार श्रीहरि रुपाखेतीले गर्नुभएको हो । कृति सार्वजनिक गर्दै साहित्यकार रुपाखेतीले बुढेसकालमा दाहाल दम्पतीले कृतिमार्फत समाजका समसामयिक यथार्यतामा पस्केको बताए ।

उनले आफूजस्तै कम पढेका व्यक्तिले गर्ने सामाजिक गतिविधिलाई लेखकद्वयले सरल भाषामा प्रस्तुत गरेको बताए।

जो मान्छेको भित्रैदेखिको कुरा निस्केर प्रस्फुटन हुन्छ त्यो नै साहित्यिक व्यक्ति हुने गरेको चर्चा गर्दै कृतिमा लेखकद्वयले आफ्नो मनभित्रका कुरा प्रष्टरुपमा उल्लेख गरेका छन् ।

कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक पुरुषोत्तम दाहालले लेखकद्वयले देशका लागि समाज र मान्छेको कस्तो भूमिका हुनुपर्दछ भन्ने कुरा उल्लेख गरे । उनले सनातन धर्म र परम्परा गुम्ने हो कि भन्ने डर कृतिमा लेखकद्वयले उल्लेख गरेर नयाँ पुस्तालाई संरक्षण गर्न जोड दिएका छन् ।

कार्यक्रममा लेखक हीरामणि दाहालले धर्म संस्कृति र समाजको यर्थातबारे जानकारी दिनका लागि कृति लेखेको बताए । उनले हिन्दू धर्मलाई अन्य धर्मले आक्रमण गरिरहेको उल्लेख गर्दै हाम्रो परम्परागत धर्म जोगाउन आग्रह गरे ।

हीरामणिले जीवनयात्राका आरोहअवरोहमा प्राप्त गरेका अनुभवसमेत समेटिएको कृतिमा देवस्तुति, पद्यखण्ड, गद्यखण्ड र झुमा दाहालका रचना गरी चार खण्डमा लेखिएको छ । रासस

272 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv