पर्यटनदुत राजाघले सम्मानित

बिहिबार, जेष्ठ ३१, २०७५



काठमाडौं । पर्यटनदुत राजा घले सम्मानित भएका छन् । लामाे समय देखी पर्यटन प्रबद्र्धनमा क्रियासिल घलेलाई विश्व हिन्दू महासंघ नेपालले एक विशेष कार्यक्रमकाबीच अभिनन्दन सहित सम्मान गरेका हाे

घले  लामो समयदेखि  अमेरिकाको एटलान्टामा बस्दै आएका छन् । उनलार्इ नेपाल भ्रमण आएको अवसर पारी अभिनन्दन तथा सम्मान गरेको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारीले  बताए।

बैकटेश्वर पीठाधीस अनन्त विभूषित श्री १००८ स्वामी पदम धराचार्य महाराज एवम् सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबा महाराजश्री विशिष्ट आतिथ्यमा हिन्दु राष्ट्र पुन स्थापना आजको आवश्यकता विचार गोष्ठीको अवसर पारेर घलेलाई अभिनन्दन गरिएको हो ।

पर्यटनदूत अमेरिकाका विभिन्न संघ–संस्थामा समेत आबद्ध रहँदै आएका छन् ।

42 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank