अभिभावकले बच्चा पिटेमा दण्डित हुने

शुक्रबार, मंसिर १४, २०७५



पेरिस । फ्रेन्स नेशनल एसेम्बलीमा शुक्रबार भएको भोटिङमा आफ्ना बच्चालाई पिट्न प्रतिबन्ध लगाएको छ । ‘शारिरीक दण्ड वा अपमान’ कानुनको भौतिक, मौखिक वा मनोबैज्ञानिक हिंसा सहित कुनै पनि प्रकारको हिंसाविना आफ्ना बच्चा माथि अधिकार जमाउन सक्नेछन् ।

गत बिहिबार राती अबेर सम्मको छलफल पछि शुक्रबार विहान सांसदहरुले मतदान गर्दै १ को विरुद्ध ५१ पास गरेका छन् । उक्त कानुन अब सिनेटमा जानेछ । गैर सरकारी संस्थाहरुले गरेको अनुसन्धान अनुसार ८५ प्रतिशत फ्रान्सीसि आमा बुबाहरुले आफ्नो व्यक्तिगत रिस बच्चामा पोख्दै शारिरिक दण्डको सजायको सहारा लिन्थे । स्कुलमा शारिरिक दण्ड यस अघि नै प्रतिबन्धीत रहँदै आएको छ ।

हाल संसदले पास गरेको कानुनको महत्वपूर्ण पक्ष यो छ कि बच्चालाई अनुसाशनमा राख्ने नाममा माता पिताले समेत शारिरिक दण्डकाे प्रयाेग गर्न पाउने छैनन् । बच्चालार्इ शारिरीक यातना दिदा उनीहरु शारिरीक र मानसिक पिडामा पर्ने गर्छन्।  सन् १९७९ मा स्वीडेनद्वारा सुरु गरिएको यस कानुनलाई फ्रान्सले पास गरेको खण्डमा फ्रान्स ५५ औं मुलुक बन्नेछ ।

84 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank