प्रधानमन्त्रीको सर्वसत्तावाद मोहका कारण संघियता र लोकतन्त्र खतरामा : नेता पौडेल

शुक्रबार, जेष्ठ १०, २०७६



भक्तपुर । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकोे सर्वसत्तावाद मोहका कारण संघियता र लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् ।  संघीयता विफल पार्न सक्रिय रहेको आरोप लकाएका छन् ।

भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस नेता पौडेलले सरकारले विभिन्न शक्तिशाली निकाय प्रधानमन्त्रीको मातहतमा ल्याउन खोज्नु गलत अभ्यास भएको र यसले वर्तमान सरकारका प्रधानमन्त्रीको शक्ति सञ्चयको मोह स्पष्ट देखा परेको बताए ।

उनले प्रदेश र स्थानीय सरकारलाई सविधान विपरित गएर केन्द्रीय सरकारको इकाइ हो भन्नुले सघीयताको प्रति  आक्रोश प्रष्ट पारेकोे जनाएका छन्  ।

विगतमा एक राजा मात्र रहेता पनि हाल धेरै राजाहरुको जन्म भएको भन्दै विगतका राजा र हालको राष्ट्रपतिमा कुनै भिन्नता नरहको उनले उल्लेख गरे ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा नभएर सिंहदरबार नै गाउँमा पुगेको जनप्रतिनिधिहरुले गरेको भ्रष्टाचारले प्रमाणीत गरिदिएको दाबी गरे ।

लोकतन्त्रमा प्रेसमाथि अंकुस लगाउन गलत रहेको भन्दै उनले पञ्चायतकै शैलिमा आफ्नो गुणगान गाउनेका लागि छुट र विरोधमा जानेलाई जरिवाना र जेल सजाएको प्रवाधान ल्याउन खोज्नुले सरकार लोकतन्त्र विरोधी रहेको आरोप लगाए ।

वर्तमान नेकपा सरकारले चुनावमा घोषणा गरेको घोषणपत्रको धज्जी आफैले उडाइरहेको समयमा प्रधानमन्त्रीको भाषण र व्यवहारमा कुनै तालमेल नपाएको र हाल सम्म कुनै विकासका गतिबिधि नहुनु र पुरानै कामलाई निरन्तरता दिइरहेको आरोप लगाए ।

वर्तमान सरकारका अर्थमन्त्रीले राजस्व अनुसन्धान प्रधानमन्त्रीको मातहतमा आएपछि आर्थिक सुधार आएको भन्नु लज्जाको विषय रहेको भन्दै अर्थमन्त्रीले आफ्नो मन्त्रालयको सामान्य काम समेत गर्न नसक्ने भए अर्थ मन्त्रालयको कुनै औचित्य नरहेको उनले जिकिर गरे ।

फरक प्रशंगमा बोल्दै प्रजातान्त्रिक पार्टीमा विचारको गुट सामान्य रहेता पनि काँग्रेसका पार्टी सभापति नै आफै अस्वस्थ गुट निर्माणमा लाग्नु भएकै कारण नयाँ संरचना अनुसार पार्टीको संरचनाले पूर्णता पाउन नसकेको प्रष्ट पारेका छन् ।

उनले वर्तमान सरकारले आफ्ना गलत कार्यको ढाकछोप गर्न काँग्रेसले राजा फिर्ता ल्याउन चाहेको र संघियतालाई फेल पार्न लागेको आरोपलाई जनता समक्ष स्पष्ट पार्न समेत  जनजागरण अभियान चलाएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata