कम्युनिष्ट कार्यकर्तालाई यसरी माक्सवाद पढाए कांग्रेस नेता गिरीले

आइतवार, बैशाख २३, २०७५



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले माक्सवाद अनुसार नै नेपालमा परिवर्तन भइरहेको बताएका छन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण गर्दै कांग्रेस नेता गिरीले माक्सवाद अनुसार नेपालमा कम्युनिष्टहरु अगाडी बढ्न नसकेको बताए ।

उनले आफु सिद्धान्तः कम्युनिष्ट विचारधारको व्यक्ति भएको बताए । राजधानीमा कार्ल माक्र्सको द्धिशतवार्षिक समारोहमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकताले गिरीले दिएको प्रशिक्षण निकै चालखाग्दो रुपमा लिएका थिए । नेता गिरीले नेपालको सन्दर्भमा सत्ताको हस्तान्तरण भयो तर रुपान्तरण नभएको बताएका छन् । ‘लोकतन्त्रमा सवैको मर्यादा हुन्छ तर जनताहरुले त्यसको आभास गर्न पाउनुपर्छ’ गिरीले भने, ‘लोकतन्त्रको एकिन परिभाषा छैन । जनताले अनुभूत गर्ने विषय नै लोकतन्त्र हो ।

’ पूँजीवाद र प्रजातन्त्र एउटै नभएको बताउँदै गिरीले पूँजीवाद र प्रजातन्त्र एक अर्काको पर्याय नभएको बताए । ‘पूँजीवादले मानिसलाई मानिस नभै बस्तु बनाएको छ । बस्तुको सिद्धान्त अनुसार मानिस चल्नुपर्छ । उनले भने । माक्सले उत्पादनलाई जोड दिएको तर नेपालमा कम्युनिष्ट त्यसको विपरित बाटोमा देखिएको पनि टिप्पणी गरे ।

नेपाललाई स्वीजल्याण्ड, डेनमार्क सिंगापुर बनाउने कम्युनिष्ट नेताहरुको भनाईमा टिप्पणी गर्दै गिरीले नेताहरु नेपाललाई नेपाल बनाउन भने नलागेको बताए । उनले नयाँ राज्यको प्रकृती नै माक्सबाद भएको बताएका छन् ।

‘गाउँपालिका र नगरपालिकाको अवधारणा पनि माक्सवाद हो’ गिरीले भने ‘माक्सवाद अनुसार परिवर्तन भइरहेको छ । तर पूँजीमा समान वितरण र पूँजीको शोषण गर्नु हुँदैन भन्ने कुरा आत्मसाथ भएको देखिदैन । त्यो चिन्ताको विषय हो । ’

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank