मन्त्री ज्ञवालीको ईच्छा, मृत्युपछि अंग दान गर्ने

शुक्रबार, साउन ३, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अनौठो इच्छा जाहेर गरेका छन । उनले आफ्नो मृत्यु पश्चात अंग दान गर्ने जनाएका छन ।

रुरु गाउँपालिका- ४ चौतारा गुल्मी घर भएका मन्त्री ज्ञवालीले मृत्यु पश्चात अंग दान गर्ने भनि मञ्जुरीनामा पत्रमा हस्ताक्षर गरेका छन । मञ्जुरीनामा पत्रमा भनिएको छ, मेरो मृत्यु पश्चात शरिरबाट मुटु, कलेजो, फोक्सो, प्याङक्रियाज,सानो आन्द्रा आवश्यक भएको जुनसुकै विरामी व्यक्तिले प्रयोग गर्न  मञ्जुरीनामा रहेको छ ।

मानव अंग प्रत्यारोपण ऐन २०५५ को दफा १६ को उपदफा १ को खण्ड क बमोजिम मञ्जुरीनामा मन्त्री ज्ञवाललीले हस्ताक्षर गरेका छन । ५८ वर्षीय मन्त्री ज्ञवालीकाे रगत समूह ए पोजेटिभ उल्लेख गरिएकाे  छ ।

पत्रकाे व्यहाेरा यस्ताे छ । 

pardip

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata