संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छः परराष्ट्र मन्त्री ज्ञवाली

सोमवार, बैशाख ३१, २०७५



काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको स्पष्ट पारेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा सांसदहरुले मोदी भ्रमणका विषयलाई लिएर विविध कुरा उठाए पछि पराष्ट्रमन्त्री ज्ञवालीले सभामुखसँग समय मागेर प्रश्नहरुको जवाफ दिएका थिए ।

भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणले नेपाल र भारतवीचमा थप विश्वासको आधार तयार गरेको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले विगतका प्रतिवद्धताहरुको कार्यान्वयनमा देखिएको सुस्तता यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयवद्ध कार्यान्वयनका लागि यसपटक ठोष सहमति भएका बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई नम्वर प्रदेशका मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा दिएको अभिव्यक्ति खेद जनक रहेको वताउँदै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका वीचमा भएका कुराकानीका विषयलाई विवादको विषय नबनाउन तथा भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रह समेत गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल भारत वीचको सम्बन्ध २१ औँ शताब्दि अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित बनाउने तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास समेत व्यक्त गरेका छन् ।

67 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank