सीमा अतिक्रमणका विषयमा फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा सरकार छैन: मन्त्री ज्ञवाली

सोमवार, बैशाख २९, २०७७



काठमाडौं । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग वार्ता  गर्ने बताएका छन।

उनले भारतले नेपालको भूमी लिपुलके अतिक्रमण गरि सडक सञ्चालन गरेको विषयमा भोलि फुर्सदमा छलफल गरौंला भन्ने पक्षमा नेपाल नभएको बताएका छन । सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्नेमा मन्त्री ज्ञवाललीले जोड दिएका छन । उनले नेपाल भारत सिमा समस्या पछि मात्र चीनसँग वार्ता गर्नेमा सरकार रहेको दाबी गरे ।

मन्त्री ज्ञवालीले भने, हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ । सांसदहरूले भिडियो कन्फरेन्समार्फत् भए पनि भारतसँग तत्काल वार्ता गर्न दिएको सुझावमा भने उनले प्रश्न उठाए । उनले भने, ुमुलुकको सुरक्षाको कुरा छ । डाटा सुरक्षाको कुरा उठ्छ ।सरकार सीमाको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको बताउँदै दुई पक्षीय वार्ताद्वारा समस्या समाधान गर्नुपक्षमा सरकार रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments