‘प्रदेशीको पीडा’

शनिबार, साउन १२, २०७५

- रिता शाही -(ऋतु)



आउछ सधै घरको याद प्रदेशमा हुनेलाई
कोही हुदैनन् आफन्त प्रदेशमा हुनेलाई

दशैं तिहार आएर गएको थाह हुन्छ
एक कल फोन गर्न पाइन्न प्रदेशमा हुनेलाई

उता घरको याद त यता कामको तनाम
चोट पर्छ लगातार प्रदेशमा हुनेलाई

के गर्नु अर्काको देशमा आइ बसेपछि
याद नै सबथोक हो प्रदेशमा बस्नेलाई

जन्म भूमि देशको माया लाग्छ के गर्नु
सजिलो छैन घर आउन प्रदेशमा बस्नेलाई

के भयो गाउ घरमा के हुँदैछ
यहि कुराको पीर सधै प्रदेशमा हुनेलाई

281 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank