विवादबाट जोगिने उपाय खोज्दै देउवा, प्रदेश मुकाम नभन्ने तर तोक्ने

बिहिबार, पुस २७, २०७४

loading...

काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्न पछिहटेको सरकार फेरि अघि बढ्ने भएको छ । प्रदेशको अस्थायी मुकाम नभएको तर सपथका लागि मात्रै स्थान तोकेको सन्देश दिनेगरि सरकारले प्रदेश मुकाम तोक्ने भएको छ । स्रोतका अनुसार सरकारको यसअघि सिफारिस गरिएका केन्द्रलाई नै प्रदेश सभाका सदस्यहरुलाई सपथग्रहण गराउनको लागि मुकाम तोक्ने छ ।

अबको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र मुकाम ताकिने एक मन्त्रीले जानकारी दिए । ‘सरकारले चाँडै प्रदेश प्रमुख र मुकाम तोक्छ’ उनले नेपालपाटीसँग भने,‘ ‘प्रदेश सभाका सदस्यहरुलाई सपथग्रहण गराउनको लागि तोकिने मुकाम अस्थायी राजधानी होइनन सपथका लागि मात्रै भनिनेछ । ’

ती मन्त्रीका अनुसार अस्थायी मुकाम भन्दा विवाद आउने भएकाले त्यसमा जोगिने गरि सपथ ग्रहण्का लागि मात्रै मुकाम भनिने छ । यसअघि प्रदेश नम्बर १ को बिराटनगर, प्रदेश नम्बर २ को जनपुर, प्रदेश नम्बर तीनको भत्तपुर, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ७ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपायललाई प्रदेश मुकाम तोक्ने सिफारिस गरिएको छ ।

विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वमा सचिवहरू सम्मिलित उच्चस्तरीय समितिले प्रदेशसभा सञ्चालन हुने स्थानबारे टुंगो लगाएको थियो ।

प्रदेश १ धरान, इटहरी वा विराटनगर, प्रदेश २ जनकपुर वा वीरगन्ज प्रदेश ३ ललितपुर वा भक्तपुर, प्रदेश ४ पोखरा, प्रदेश ५ दाङ वा बुटवल, प्रदेश ६ सुर्खेत, प्रदेश ७ दिपायलका विषयमा बहस भइरहेको छ ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!