माधव नेपाल र प्रचण्डबीच ४५ मिनेट भेटवार्ता

सोमवार, मंसिर २, २०७६



काठमाडौं । मन्त्रीमण्डल पूर्नगठनको तयारी भइरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार विहान वरिष्ठ नेता नेपाल प्रचण्डनिवास खुमलटार पुगेका थिए । करिब ४५ मिनेटसम्मको भेटवार्तामा मन्त्रीमण्डल पूर्नगठनका विषयमा सम्वाद भएको जनाइएको छ । भेटघाटमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरु उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata