दीर्घकालीन महत्वका रणनीतिक काम प्रत्यक्ष देखिँदैनन्: अध्यक्ष प्रचण्ड

सोमवार, कार्तिक १९, २०७५



विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले दीर्घकालिन महत्वका रणनितिक काम प्रत्यक्ष नदेखिने बताएका छन् । सोमबार विराठनगरमा पत्रकार सम्मेलनमा कुरा गर्दै अध्यक्ष प्रचण्डले विकासका काममा पूर्वाधार तयारीका काम तिब्रताका साथ भइरहेको दाबी गरेका छन् ।

उनले सरकार सस्तो लोकप्रियताका लागि नभएर दीर्घकालिन लक्षका साथ अघि बढेको बताए । सरकारले आफ्नो उद्देश्यअनुसार तयारीको काम अगाडि बढाएको दावी गर्दै प्रचण्डले भारत र चीनसँगको सम्बन्ध सुदृढिकरणमा ऐतिहासिक काम भएको दाबी गरेका छन् ।

चीन र भारतसँग भएका सम्झौता तथा ऐनकानुन निर्माणका काम जनताले प्रत्यक्ष नदेख्ने भएकोले त्यसको नतिजा निकट भविष्यमा राम्रो हुने जनाएका छन् । उनले फरक प्रशंगमा बोल्दै सरकारले तत्काल कुनै पनि मन्त्री हेरफेर नगर्ने समेत जानकारी दिए ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank