नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

सोमवार, बैशाख १, २०७७



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’ लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन्

नयाँ वर्ष २०७७ सालको अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उनले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना (कोभिड–१९) भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेका छन् ।

उनले नयाँ वर्षले कोरोना भाइरसको महामारीकाविरुद्ध सङ्घर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामनासमेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments