नेकपा प्रदेश-२ का अध्यक्ष साहको राजीनामा अस्वीकृत

मङ्लबार, भदौ १०, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहको राजीनामा अस्विकृत भएको छ ।
प्रदेश कमिटी र जिल्ला कमिटी गठन गर्ने विषयमा असन्तुष्ट जनाउँदै राजीनामा दिएका अध्यक्ष साहको राजीनामा अस्वीकृत गरिएको नेकपा सचिवालयले जनाएको छ ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाइसके पश्चात पनि भूमिका विहीन बनाइएको भन्दै भाद्र ३ गते राजीनामा  घोषणा गरेका थिए । उनको विषयमा नेकपा सचिवालयमा छलफल भएको र उनलाई काममा फर्कन निर्देशन दिइएको नेकपाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata