प्रभु बैंकले शुरु गर्यो कुरिनटारबाट सेवा

सोमवार, अशोज ६, २०७६



काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नाे शाखा सञ्जालविस्तार गर्ने क्रममा सोमबार देखि चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नाे १९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालन माल्याएको छ ।

बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले सोाबार विहान ०९ः ४५ बजे एक समारोहकाबिच गरेकी हुन । बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ्गले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि मात्र भएको नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै प्रभु बैंकको सफलताको कामना गरिन । बैंकको कुरिनटार शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

????????????????????????????????????

बैंकको कुरिनटार शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुकासाथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कुरिनटार शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।प्रभु बैंकले गत आ। ब।मा रु। २,८६७,६९३,०००  स‘चालन मुनाफा गरेको थियो । बैंकले हाल १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९शाखा रहित बैंकिङ्ग सेवा तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata