प्रभु बैंकको कालाबञ्जरबाट सेवा प्रारम्भ

सोमवार, भदौ २३, २०७६



सुनसरी । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति सोमबाट सुुुुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका वडा नं.५ कालाबञ्जरमा आफ्नाे १९५ औं शाखा कार्यालयको संञ्चालनमा ल्याएको छ ।

कालाबञ्जर शाखा कार्यालय सोमबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन बराह क्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले एक समारोहकाबिच गरेका हुन ।

बैंकको कालाबञ्जर शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख निलम खनालले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँचन पुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्नु हुँदै प्रभु बैंकको सफलताको कामना गर्दै आफ्नाे मन्तव्यव्यक्त गरे ।

बैंकको कालाबञ्जर शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकास भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले गत आ‍वमा रु २,८६७,६९३,०००: स‘चालन मुनाफा गरेको थियो । बैंकले हाल १९५ शाखा, २  एक्टेन्सन काउण्टर, १९ शाखा रहितबैंकिङ्गतथा १५२ ९ब्त्ः०मार्फत अत्याधुनिक बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata