प्रभु बैंकको नयाँ शाखा छेपेटारमा

बिहिबार, भदौ १२, २०७६



काठमाडौं । उपभोक्ताको सेवालाई मध्यनजर गर्दै प्रभु बैंक लिमिटेडले शाखा विस्तार गरिरहेको छ ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गरिहरेको छ । स्थानीय गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि. ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा विहिबार देखी सेवा सुभारम्भ गरेको छ । बैंकले छेपेटारशाखा कार्यालय सञ्चालन गर्दै सेवा शुरु गरेको जनाइएको छ ।गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहकाबीच गोरखा शाखा कार्यालयको समुद्घाटन भएको हो ।

parbhu mani

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे । उनले विहिबारदेखि सञ्चालनमा आएको छेपेटारशाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारीतथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत नगरप्रमुख पाण्डेले आग्रह गरेका छन ।

कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको छेपेटार शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata