प्रभु बैङ्क र एनप्याब्सनकाबीच बैङ्किङ कारोबार गर्ने सम्झौता

बिहिबार, फाल्गुन १, २०७६



काठमाडौँ । प्रभु बैङ्क लि. र सिनामंगल र काठमाडौँ स्थित निजी क्षेत्रका विद्यालयहरूको छाता सङ्गठन एनप्याब्सनकाविच बैङ्किङ कारोबार प्रभु बैङ्क मार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधवार प्रभु बैङ्क लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौँमा आयोजित एक समारोहकाबीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैङ्क लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन ।

प्रभु बैङ्क लि. र एनप्याब्सनबीच सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैङ्क प्रभु बैङ्क लि. हुनेछ । एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्क मार्फत गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरूले पनि आफूलाई पायक पर्ने प्रभु बैङ्कको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरूबाट सङ्कलन गर्ने शैक्षिक शुल्क बैङ्क मार्फत नै सङ्कलन गर्ने लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्क मार्फत गर्न सक्नेछन् ।

उक्त विद्यालयहरूमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको तलबी खाता पनि प्रभु बैङ्कमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले बैङ्क मार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । एनप्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरूमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरूलाई एकीकृत वित्तीय सेवा जस्तै नेपाल धितो पत्र बोर्डमा सूचीकृत कम्पनीहरूको आइपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरूमा आधिकारिक बैङ्कको रूपमा प्रभु बैङ्कको नाम उल्लेख गर्नेछ ।

प्रभु बैङ्क र एनप्याब्सनबीच सम्पन्न यस सम्झौता बमोजिम एनप्याब्सन अन्तर्गत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरू, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरू लगायत अभिभावकहरूले प्रभु बैङ्कको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैङ्किङ सञ्जालमा सहभागी भई अधिकतम लाभ उठाने बैङ्कले विश्वास लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments