यातायात व्यवस्थापन कार्यालय विराटनगरमा प्रभु बैङ्कको एक्सटेन्सन काउन्टर 

शुक्रबार, माघ २४, २०७६



विराटनगर । प्रभु बैङ्कले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित वडा नं ०४ यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । विराटनगर स्थित यातायात व्यवस्था कार्यालयमा स्थापित एक्सटेन्सन काउन्टरको  माघ २२ गते विराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रविन कार्कीले एक समारोहकाबीच समुद्घाटन गरेका हुन ।

नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले यातायात व्यवस्थापन कार्यालयमा पनि अाफ्नाे सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित यातायात व्यवस्थापन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र यातायात व्यवस्थापन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ ।  प्रभु बैङ्कले २०८ वटा शाखा कार्यालय, १५७ वटा ATM ४४ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखा रहित बैङ्किङ सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments