प्रभु बैंककोे लाङटाङस्थित केन्जिङ्गमा शाखाबाट सेवा प्रारम्भ

बिहिबार, माघ १६, २०७६



काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहिबार देखि रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ०४ स्थित लाङटाङ–केन्जिङ्गमा २०६औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिका स्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामाश्री साङगे लामाले विहान एक समारोहकाबिच गरेका हुन ।

बैंकको लाङटाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी साङगे लामाले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा  शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंककालाङटाङ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको लाङटाङ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments