प्रभु बैङ्ककाे जिल्ला प्रशासन कार्यालय इनरुवामा एक्सटेन्सन काउन्टर सञ्चालन

बिहिबार, पुस १७, २०७६



काठमाडौँ । प्रभु बैङ्कले आफ्नाे सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सुनसरी स्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्सटेन्सन काउन्टरको बुधवार सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले एक समारोहका बीच उद्घाटन गरेका हुन ।

नेपाल राष्ट्र बैङ्क तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैङ्किङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैङ्कले जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैङ्कको एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैङ्किङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैङ्कको गुणस्तरीय बैङ्किङ सेवा उपभोग गरी लाभान्वित हुने बैङ्कले विश्वास लिएको छ ।

प्रभु बैङ्कले २०२ वटा शाखा कार्यालय, १५२ वटा ATM,, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments