राजतन्त्र विरुद्ध जनसंघर्ष चलाउने परशुराम !

आज अक्षय तृतीय

मङ्लबार, बैशाख २४, २०७६



हिन्दु मान्यता अनुसार भगवान विष्णुको छैटौं अवतार परशुराम माता-पिता भक्त थिए । अक्षय तृतीयको दिन छ उच्च ग्रहको योगमा उनको जन्म भएको थियो । तेजस्वी, ओजस्वी र महाबलशाली परशुराम आफ्नै बलबुतामा पराक्रमी बन्न सफल भए । प्रतापी एवं माता-पिता भक्त परशुरामले पिताको आज्ञा पालन गर्दै आफ्नै माताको घाँटी छिनाइदिए । आफ्नो पिताको आज्ञा पालन गर्नासाथ् मातालाई जीवित गर्ने वरदान पितासँग माग्दै मातालाई जीवित गराए ।

हठी, क्रोधी र अन्यायको विरुद्ध संघर्ष गर्ने परशुरामको एक मात्र लक्ष्य मानव हित रहेको थियो । पौराणिक कथा अनुसार परशुरामले क्रोधमा आउँदै बालक गणेशको एक दाँत भाँचीदिएका थिए । कालान्तरमा त्यहिँ दाँतको प्रयोग गर्दै वेदव्यासद्वारा बताइएको महाभारत कहानी बालक गणेशले लेखेका थिए ।

एक इशारामा नदीको बहाव र दिशा बदल्न सक्ने परशुरामले आर्यहरुको दुश्मनलाई सखाप पारे । हिमालको उत्तरी भू-भाग अफगानिस्तान, इरान, कश्यप भूमि र अरबमा रहेका शत्रुहरुको नाश गरे । हिन्दु संस्कृतिलाई इरानको कश्यप भूमिसम्म फैलाउँदै मुम्बई देखि कन्याकुमारीलाई समेट्दै परशुराम भूमि बनाउन सफल भए । तत्कालिन समयमा राजाहरुबाट त्रसित ब्राहमण, बनवासी र किसानहरुलाई संगठित गर्दै एक संगठन निर्माण गरे । अन्यायी राजतन्त्रको विरुद्ध जनसंघर्ष चलाउने परशुरामले अयोध्या, मिथिला, काशी, कान्यकुन्ज, कनर, मगध, वैशाली लगायत राज्यलाई मिलाउँदै महासंघ निर्माण गरे ।

साथै उनले सिन्ध, महाराष्ट्र, गुजरात, राजस्थान, पन्जाब, लाहोर, अफगानिस्तान, कन्धार, इरान र अक्सियाना लगायत २१ देशका राजाहरुसँग युद्ध समेत गरेको इतिहास फेला पर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata