राष्ट्रिय क्रिकेट टिमबाट पारसले दिए राजनीमा

मङ्लबार, अशोज २८, २०७६



काठमाडौं । विगत दश वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालिरहेका पारस खड्काले आज(मंगलाबार) राजीनामा दिएका छन् । खड्काले प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्– नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले हिजो मात्रै फुकुवा गर्नु र त्यसको  भोलिपल्ट नै खड्काले राजीनामा दिनुलाई चासोपूर्वक हेरिएको छ । खड्का नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata