प्रतिनिधि सभामा कार्यव्यवस्था परामर्श समिति गठन

बुधबार, असार २०, २०७५



काठमाडाै‌ । प्रतिनिधि सभाको आजको वैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समितिको गठन गरेको छ । नव गठित समितिको सदस्यमा संघीय समाजवादी फोरम नेपालका उमाशंकर अरगरिया, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा, शान्ता चौधरी रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसको तर्फ दिलेन्द्रप्रसाद बडु, पार्वता डिसी चौधरी, पुष्पा भुषाल (गौतम), बालकृष्ण खाँड रहेका छन् भने राजपा नेपालबाट राजकिशोर यादव रहेका छन् । यसैगरी बैठकमा लेखापरीक्षण विधेयक, २०७५ प्रस्तुत भएको छ ।

बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गर्नु पूर्व सांसद प्रेम सुवालले दिएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्विकृत समेत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते शुक्रवार दिउँसो १ बजेका लागि डाकिएको छ ।

187 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank