अब पराजुलीले गरेका फैसला के हुन्छन् ?

बुधबार, फाल्गुन ३०, २०७४

- पूर्व न्यायाधीश गौरीबहादुर कार्की



पराजुली पदमुक्त भएपछि अब के हुन्छ ?

न्यायापरिषदले उनको कागजपत्र छानविन गरेर पहिला नै गर्नुपर्ने निर्णय ढिला गरेको छ । वास्तविकता के हो ? न्यायाधीशको जन्ममितिको अभिलेख राख्ने न्यायापरिषदले पहिला नै बोल्नपर्थो । अब न्यायापरिषदले गरेको निर्णय अनुसार पराजुली साउनबाटै नै पदमुक्त भएको ठहर हुन्छ । त्यो निर्णय मान्ने हुन्छ ।

यो बिचमा उनले गरेका फैसला के हुन्छन् ?
उहाँले गरेका फैसला लागु नै हुन्छन् । लोकमानसिंह कार्की पदबाट मुक्त हुँदा पनि अगाडीको मितिबाट मुक्त भएका थिए । सर्वोच्च अदालतले अयोग्य भनेपनि निर्णयको हकमा योग्यताको प्रश्न उठेन । उहाँले धेरै निर्णयहरु गरेका थिए । ती निर्णय सबै सदर भए । पराजुलीको हकमा पनि उहाँले गरेका सबै फैसला कार्यान्वयन हुनन्छन् । अथवा उहाँले गरेका फैसला उल्टिदैनन ।

पराजुलीका लागि अरु केही विकल्प छन् ?
उहाँले अब न्यायपषिदमा निवेदन दिने । निर्णय चिक्त नबुझेकाले पुनःविचार गरि पाऊ भनेर निवेदन दिनुपर्छ । अथवा पूर्व प्रधानमन्यायाधीशमा रहेर सर्वोच्च अदालतमा रिट हाल्ःन सक्नुहुन्छ । न्यायापरिषद विरुद्ध रिट हाल्ने हो भने उहाँले पूर्व प्रधानन्यायाधीशका हैसियतमा रिट दिनुपर्छ ।

रिट निवेदनको फैसलाले उनले न्याय पाउने सम्भावना हुन्छ ?
पराजुलले भने अनुसार हो भने न्याय पाउन पनि सक्नुहोला । तर, त्यसो भएन भने किर्ते गरेको अभियोगमा उहाँलाई जेल सजाय पनि हुन सक्छ ।

साउन यता उहाँले पाएको तलब चै के होला ?
उहाँले गरेका फैसला कार्यान्वयन हुन्छन भने साउन यताको तलब पनि फिर्ता गर्ने भन्ने हुँदैन । तर इतिहाँसमा एउटा नराम्रो समयका रुपमा दर्ज भएको छ ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीसँगको कुराकानी

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

455 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank