एशियाडः प्याराग्लार्इडिङमा नेपालले रच्यो इतिहास

बुधबार, भदौ १३, २०७५



काठमाडौँ । १८औं एशियाली खेलकुद (एसियाड) मा नेपालले पहिलो पदक जितेको छ ।  नेपालले प्याराग्लाईडिङमा रजत पदक जितेको छ ।

अन्तिम चरणको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै नेपालको पुरुष टिम क्रस कन्ट्री स्पर्धामा पदक जित्न सफल भएको हो ।

नेपाल २७ अंकले मात्र स्वर्ण पदकले चुकेको हो । नेपालले बुधबारको खेलमा २७ सय ९७ स्कोर बटुलेको थियो । पहिलो चार दिन शीर्षस्थानमा रहेको जापानले अन्तिम दिन २ हजार ५७ स्कोर मात्रै बनाउन सक्यो ।
जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत पदक जिते ।  नेपाली टोलीमा विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विमल थापा प्रतिस्पर्धा गरेका थिए। एसियाडमा पाराग्लाइडिङ पहिलोपल्ट समावेश खेल हो।
एसियाली खेलकुदमा नेपालको यो दोस्रो ठुलो पदक हो । सन् १९९८ को बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments