भ्रष्टाचार आरोपमा पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री ओनिल पक्राउ 

आइतवार, जेष्ठ ११, २०७७



पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिल भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । स्वदेश फर्किए लगत्तै उनलाई शनिबार पक्राउ गरिएको हो ।

ओनिलले इजरायलबाट खरिद गरेको सामानलाई अनाधिकृत रूपले ल्याएको आरोपपछि छानबिनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा बताएका छन् ।

एटेले भने, ‘घटनामा उहाँले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उहाँलाई छानविनका लागि पक्राउ गरिएको हो ।’

पक्राउपछि पूर्व प्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन् । ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । उनलाई २ हप्ता क्वारेन्टाइनमा बस्न घर जानका लागि शनिबार नै रिहा गरिने बताए ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिलले आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट राजीनामा दिएका थिए । उनलाई न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments