पानीपुरी–चटपटे बेचेरै मासिक डेढ लाखको कारोवार

थोरै लगानी, धेरै प्रतिफल

शनिबार, बैशाख १५, २०७५

- एलिना कार्की



काठमाडौँ । देशमा रोजगारीको अवसर नभएको बताउँदै लाखौँ नेपाली युवा विदेशी भूमिमा कडा परिश्रम गरिरहेका छन् । खाडीको तातो घाममा जोखिमपूर्ण काम गर्न पुगेका कतिपय त लगानी समेत उठान नसकी पर्केका उदाहरण पनि छन् । नेपालमा अवसरै छैन् भन्नेहरूका लागि पप्पु साह र राहुल साहले गतिलो जवाफ दिएका छन् ।

panipuri-chatpate पानीपुरी–चटपटे बेचेरै मासिक डेढ लाखको कारोवार, ९० हजार नाफा

भारतको मोतीहारी घर भई काठमाडौँको पुरानो बानेश्वरस्थित भीमसेनगोला उकालोमा पानीपुरी, चटपटे पसल गर्दै आएका पप्पु र राहुलले मासिक डेढलाखको कारोबार गर्दै आएका छन् । दैनिक पाँच हजारको कारोवार हुन्छ, जसमा तीन हजार नाफा हुन्छ अर्थात महिनामा ९० हजार नाफा कमाउँछन् । उनीहरूले साडे चार हजारको सटर भाडामा लिएका छन् । बिहान ५ बजेदेखि आवश्यक सामाग्री जुटाउन लाग्छन् । बिहान १० बजेदेखि राति ८ः३० बजेसम्म पसल खोल्छन् । ११ बर्षदेखि पानीपुरी–चटपटे पसल गर्दै आएका उनीहरूको औपचारिक शिक्षा भने ६ कक्षासम्मको मात्रै छ । सुरुमा ठेलागाडाबाट व्यापार गरेका उनीहरूले ५ वर्ष अघि सटर भाडामा लिएर काम थाले । भिमसेनगोला उकालोमा पप्पु चाट पसल चर्चित छ ।

pappu shaha
बुबाले पनि पानीपुरी–चटपटे पसलनै गरेकाले आफुहरूले पनि यही व्यापार अंगालेको साह दाजुभाइ बताउँछन् । विशेषगरी उनीहरू पानीपुरी, चटपटे, दहीपुरी, पाप्रीचाट बनाउने गर्छन् । लगानी अनुसार राम्रो प्रतिफल पाउन सकेकेमा उनीहरू दंग छन् । ‘काम सानो–ठुलो हुँदैन । मिहेनतको साथ गर्ने हो भने अवश्य सफल भइन्छ’ राहुलले भने । सामान्यतया दैनिक २ सय जना पप्पु चाट पसलमा आउने गरेका छन् । पप्पु र राहुलका दाईले पनि नेपालमै पानीपुरी पसल गर्छन ।

352 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank