टाईफुन र वर्षाका कारण हङकङसँगको दोस्रो खेल पनि रद्द ,नेपाल डिभिजन २ मा झर्‍यो

सोमवार, अशोज ३०, २०७४

loading...


काठमाडौं । २ दिनदेखि लगातार वर्षा भएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको खेल रद्द भएको छ ।

आजका लागि तय गरिएको खेल पनि टाइफुन र वर्षाका कारण रद्ध भए पछि दुवै टोलीले १ १ अंक बाँडेका छन्।

अहिलेसम्मको नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ। चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ।

नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv