जेपिले छाडेका अधुरा काम पूरा गरिने छ : पूर्व अर्थमन्त्री पाण्डे

बिहिबार, चैत्र २१, २०७५



चितवन । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दिंवगत कम्युनिष्ट नेता जागृत प्रसाद भेटवाललाई पार्टीको सच्चा सिपाहीको रुपमा स्मरण गरेका छन् ।

चितवन क्षेत्र नम्बर एकबाट निर्वाचित नेकपा सांसद पाण्डेले बिहिबार चितवनमा जेपि स्मृती सभालाई सम्बोधन गर्दै नेता भेटवालको योगदानको उच्च मुल्यांकन  गरेका हुन् । वि.स.२०५० सालमा आएको विनासकारी बाढीबाट प्रभावित चितवनवासीलाई सुरक्षित स्थानमा बसोबास दिलाउन नेता भेटवालले गरेको योगदान अबिस्मरणीय रहेको उल्लेख गरे ।
नेता पाण्डेले सुरक्षित चितवन बनाउन अन्तिम श्वास सम्म खटिरहेका दिंवगत भेटवालका अधुरा कामहरुलाई पूरा गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले पार्टी र सिद्धान्त प्रति बफादार नेता भेटवाललाई २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा वागी उम्मेदवार बनाउने कोशिसका बाबजुद पार्टी र जनताको सच्चा सिपाही बन्दै रोगले थलिएको शरिर लिएर आधिकारीक उम्मेदवारलाई जिताउन सफल भएको स्मरण गरे । स्थानिय पार्टी कमिटीले राप्तीनगर- ६ मा दिवंगत नेता भेटवालको सम्झनामा आजै जेपि पार्कको सिलान्यास गर्नुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank