पाँचथरमा अर्को हत्याकाण्ड, २० वर्षीया युवतीको घाँटी रेटेर हत्या

बुधबार, असार ४, २०७६



पाँचथर ।  पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुईवटा परिवारको बीभत्स हत्या भएको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना सार्वजनिक भएको छ । पाँचथरको लिलिहाङ गाउँपालिका–६ रातामाटेमा एक २०  वर्षीया युवतीको मृत अवस्थामा भेटिएकी छिन्  ।  उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको शव हत्या गरी भीरबाट लडाएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान शुरु गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata