खुला सिमाना व्यवस्थित गरौं: नेतृ भुसाल

बुधबार, भदौ २५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेता तथा सांसद पम्फा भुसालले खुला सिमानामा सेना परिचालन गर्नुपर्नेमा जोड दिएकी छिन ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले भारतसँग सिमाना जोडिएका क्षेत्रमा नेपाली सेना राख्नु पर्ने बताएकी हुन । सिमा अतिक्रमण भएको भन्दै भिसाको व्यवस्था हुनुपर्ने जनाएकी हुन ।

उनले खुला बाेडर बन्द गर्नुपर्नेमा जोड दिदैं उक्त क्षेत्रमा सेना परिचालन गर्नुपर्ने बताएकी हुन । सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने पनि स्पष्ट पारिन्।

उनले भारतीय सुरक्षा बल (एसएसबी) कारण नेपालीहरुले दु्ख पाउने गरेको भन्दै विशेष निगरानीका साथ कडा सुरक्षा व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata