वामगठबन्धन नेपालको आबश्यकता होः प्रवक्ता भुषाल

शुक्रबार, अशोज २७, २०७४

loading...


भक्तपुर । नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले वाम गठबन्धन बिदेशीको इशरामा नबनेको बताएकी छिन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बाम गठबन्धन नेपालका वामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निमार्ण गरेको र बिदेशीको इशरामा नबनेको बताइन् ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धमा आवद्ध भएका राजनीति दलहरुले आआफ्नो चुनाव चिन्ह लियर चुनवमा जान सक्ने समेत प्रष्ट्याइन् । वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पाटीले निर्वाचन अघि सरकार नछाड्ने बताइन् ।

तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले वाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभइ छलफल जारी रहेको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताइन् ।

उनले बामपन्थी र पजातान्त्रिक शक्ति दुई पक्षमात्र हुने भन्दै अवको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताइन् । आफ्नो पार्टीले बिगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको बिषयमा आवाज उठाउँदै आएको र निर्वाचन पश्चात दुइ तिहाई मत प्राप्तसँगै त्यसले समेत पूणता पाउने बताइन् ।

बर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कुटनीतिक पाटो निर्वाह गरिरहेको समेत उनले प्रष्टाउनु भयो । केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण निन्दनीय भएको बताइन् ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv