पाल्पामा जन्ती बोकेको जीप दुर्घटना

सोमवार, बैशाख १६, २०७६



पाल्पा । पाल्पाको निस्धि गाउँपालिका ७ स्थिति भावासमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज १९४० नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिएका छन्  ।

मृत्यु हुनेहरुमा चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

सो जिपमा बेहुला थिए थिएनन् ? यसबारे खुलेको छैन । रामपुर प्रहरीका अनुसार वडा नम्वर ४ को मित्याल भिरपानीबाट जन्ती लिएर वडा नम्वर ७ को ज्यामिरेतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata