प्यालेस्टाइनमा प्रधानमन्त्री मोहम्मद शेटीयले लिए सपथ

आइतवार, बैशाख १, २०७६



प्यालेस्टाइन । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले २२ मन्त्रीहरुसहित प्रधानमन्त्री  मोहम्मद शेटीयलाई शपथ ग्रहण गराएका छन् । रमाल्लामा प्यालेस्टाइनी  अधिकारीहरुको उपस्थितिमा राष्ट्रपति अब्बासले शनिबार प्रधानमन्त्री मोहम्मद शेटीयको नेतृत्वमा नयाँ मन्त्रीपरिषदको सपथ ग्रहण गराएका हुन् ।

शेटीयको नियुक्तीलाई विद्रोही हमास पार्टीले विरोध जनाएको छ । विगत लामो समय देखि इजरायल सरकारको गतिविधिको विरुद्द गाजामा आन्दोलनरत हमासले घाइते प्यालेस्टाइनीहरुको पक्षमा शेटीय सरकारले कुनै काम गर्न नसक्ने धारणा व्यक्त गरेको छ ।

पूर्व प्रधानमन्त्री रमी हामडालाहको नेतृत्वमा रहेको सरकार विघटन भएसँगै हमास र फताह पार्टीको बीच असमझदारी तीव्र रुपमा बढ्दै थियो । राष्ट्रपति अब्बासको पछिल्ल्लो कदमले पनि मेलमिलापको प्रयास सफल हुनेमा शंका गरिएको छ । नवनियुक्त प्रधानमन्त्री शेटीयले राष्ट्रपति अब्बास र हमासलाई आफ्नो पक्षमा राख्ने कार्य चुनौतीपूर्ण हुने मानिएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank